प्रहरी कारबाहीमा २ को मृत्यु

(0 Votes)
कान्तिपुर संवाददाता

सर्लाही, भाद्र १७ - प्रहरीको गोली प्रहारवाट अघि साँझ सर्लाहीको भक्तिपुर गाविसमा पर्ने जंगल क्षेत्रमा दुई जना मारीएका छन् । प्रहरी गस्तीमाथि फायरीङ भएपछि दोहोरो भिडन्तमा नाम नखुलेका दुईजना मारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले गस्ती गर्दै सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रमा पुगेको प्रहरी माथी गोली हानेपछि भएको जवाफी कारबाहीको क्रममा घट्नास्थलमै पहिचान हुन नसकेका दुई जनाको मृत्यु भएको बताए ।  गोली हान्ने समुहका अन्य ब्यक्ति भागेको र प्रहरीले खोजी जारी राखेको उनले जानकारी दिए ।

मारिएका ब्यक्तिको साथवाट एउटा दुई नाले सानो हतियार र ५ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतले उनीहरु भुमिगत सशस्त्र समुहका सदस्य हुन सक्ने बताए ।

प्रकाशित मिति: २०६७ भाद्र १७ ०९:०७

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।