पाल्पामा नेपाल-अंग्रेज युद्धको सम्झना
धुमधामसँग मनाईयो भगवतीको रथयात्रा
पाल्पा, भाद्र १७ - नेपाल-अंग्रेज युद्धको सम्झना स्वरुप पाल्पाको तानसेनमा बिहीवार भगवतीजात्रा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा मनाउने चलन छ ।
पहाडी जिल्ला पाल्पाको शानको रुपमा यो जात्रा मनाउने गरिन्छ । जात्रा मनाउन जिल्ला वाहिर गएर वसोवास गर्नेहरु समेत आएका थिए । तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्ने चलन छ । यसैलाई भगवतीको रथयात्रा भनिने गरेका छ । । जाात्राको महत्व सन् १८७१/७२ को नेपाल अंग्रेज युद्ध गाँसिएको छ ।
पाल्पाका विभिन्न स्थान र छिमेकी जिल्लावाट आएकाहरुले भाकल अनुसारको कुखुरा, हाँस, बोका, राँगो, आदी बली दिएर पूजा चढाए । भगवती मन्दिरमा तीन पटक घुमाएर रथ निकालिएको थियो । त्यस अघि नेपाली सेनाले बढाई दिने चलन छ । तानसेनको जिल्ला प्रशासन, जिल्ला प्रहरी, नेपाली सेनाको गणमा पुजा दिने र बजार घुमाइएको थियो ।
बजार घुमाउनु अघि नवमीको दिन सुर्योदय नहुँदै बजारका महिलाहरु झिसमिसेमै देवीको पुजा गरिसकेका थिए । दिउसो १ वजेदेखि भगवतीतिर नगर परिक्रमा गराउन ३०/४० जना बलिया कुमाल जातीका पिपा जवान आएका थिए । उनीहरुले रथको दुवै तिर तेर्साईएका दुई बलिया नोलहरुलाई काधमा बोकेर नगरबासीको जयजयकारको गुन्जन ध्वनी सहित रथयात्रा गरियो ।
तानसेनका घरघरबाट पुजा दिए । मन्दिरमा श्रद्धालुको भिड रहेको थियो । विगतका वर्षमा भन्दा यसपटक उल्लेख्य श्रद्धालुको सहभागीता रहेको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केदारलाल श्रेष्ठले बताए । जात्रा कसरी चल्यो भन्नेबारे रोचक र सत्य घटना छ ।
काजी अमर सिंह थापाको कार्यकाल सकिँदा निजका नाति नयन सिंहका छोरा कर्णेल उजीरसिंह थापा पाल्पाका तैनाथवाला भएर वसेका थिए । सोही वेला अंग्रेजहरुले दुख दिने र नेपाललाई हडप्ने गरेका थिए । अंग्रेजहरुले नेपाल आफ्नो हातमा पार्न चारै तिरवाट आफ्नो सेना अगाडि वढाएका वेला उजीरसिंह थापा लडाईमा सामेल हने मौका पाए ।
मनोकामना देवी संग प्रकट गरि युद्ध लड्न गएको र अग्रेजहरु उजीरसिंहको लडाइँ हार खाई फर्केको ईतिहासमा लेखिएको छ । जीतगढीको लडाइँमा नेपाली फौजले जित्यो । सन् १८७१-७३को नेपाल अंग्रेज युद्ध पछि कर्णेल उजीरसिंह थापाले एक विशाल तीनतले पेगोडा शैलीको मन्दिर वनाएका हुन् । मन्दिर वनाउन सन् १८७५/७६ मा सकिएको थियो । यसैवेला देखि काठमाण्डौका जात्रावाट प्रभावित भएका उजीर सिंहले भगवतीको रथयात्रा निकाल्न सुरु गरेको इतिहास्विद् डा.कर्णबहादुर बाँनिया बताँउछन् ।
प्रकाशित मिति: २०६७ भाद्र १७ ०७:१२

















तपाईंको प्रतिकृया