पूर्वी तराईमा ज्वरोको प्रकोप
सहयोगी लिङ्कहरू
लहान, भाद्र १७ - पूर्बी तराईमा बढदो गर्मी र बर्षासँगै ज्वरोको प्रकोप बढेको छ । मौसम परिवर्तन र दूषित पानीका कारण टाइफाइड, मलेरिया, भाइरल इन्फ्लुएन्जाका बिरामीको संख्या बढेको हो ।
पूर्व पश्चिम राजमार्ग छेउमैं अवस्थित लहान अस्पतालमा दैनिक १ सय २५ जना ज्वरोको विरामी उपचारका लागि आउने गरेका छन् । ज्वरोको बिरामी अस्पतालमा बढेपछि शैया अभावमा अस्पतालले भुँइमा राखेर बिरामीलाई उपचार गर्न थालेको छ ।
लहान अस्पतालका प्रमुख डा. मिश्रीलाल साहले सिरहा, सप्तरी, उदयपुर, सिन्धुली लगायतका जिल्लामा ज्वरोको प्रकोप बढी फैलिएको जानकारी दिए । एकै परिवारका चार जना सदस्य सम्म ज्वरोबाट थलिएका विरामी लहान अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।
प्रकाशित मिति: २०६७ भाद्र १७ ११:३५
















तपाईंको प्रतिकृया