करेन्ट लागेर मृत्यु
सहयोगी लिङ्कहरू
उदयपुर, भाद्र १५ - उदयपुरको तपेश्वरी - १ स्थित धारापानी खोलामा मंगलबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
स्थानीय शिवप्रसाद आर्चायको छोरा वर्ष १८ को धनप्रसाद आर्चायको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बारीमा रहेको सजिबनको हाँगा काट्ने क्रममा हाँगाले नजिकै रहेको विद्युतको तार छोएपछि फैलिएको करेण्ट लागेर आचार्यको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोज यादवले बताए ।
सजिबनको हाँगाले ११ हजार भोल्ट करेण्ट प्रवाह भएको तारमा छोई आगो उठेछि रुखबाट खसेका आचार्यको पुरै शरीर जलेर घटनास्थलमै मृत्यु भएको स्थानीयले वताए । विद्युत प्राधिकरणले समयमै तार मुनिका रुखहरु काट छाट नगरेकाले घटना भएको भन्दै मृतकका आफन्तले क्षतिपूर्तिको माग गरेका छन् ।
प्रकाशित मिति: २०६७ भाद्र १५ ०१:५९
















तपाईंको प्रतिकृया