घूस लिने सभासद्ले भने, 'मलाई फँसाइयो'
बीस दिन थुनामा आदेश
सहयोगी लिङ्कहरू
काठमाडौ, भाद्र १५ - 'सांसद भएर के चाला हो यो ?'
'मलाई फँसाए हजुर ?'
'कसरी फँसाए, कसुरै नगरी कसैले बिगार गर्न सक्छ ?'
'होइन, मलाई फँसाएकै हुन् ।'
यो संवाद हो विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र घूस लिएको आरोपमा सोमबार साँझ पक्राउ परेका एमाले सभासद् डोलबहादुर कार्कीबीचको ।
अनुसन्धानका लागि कार्की र उनीसँगै पक्राउ परेका स्वामी ब्रम्हानन्द एक हजार आठ उदासिनलाई ३० दिन थुनाको माग राखेर अख्तियारले मंगलबार चार बजे विशेष अदालत लगेको थियो । अदालतले उनीहरुलासँग सोधपुछ गरी २० दिनका लागि मात्रै थुनामा राख्ने अनुमति दियो । साधु भएर पनि यस्तो काममा किन लागेको भन्दै कार्कीले उदासिनलाई पनि हपारेका थिए ।
'प्रारब्धमा जे लेखेको छ, त्यो नभोगी हुँदैन' आँखा पनि नदेख्ने ७० वर्षिय उदासिनले जवाफ दिएका थिए, 'भाग्यमा लेखेको कसैले मेटेर मेटिँदैन ।' सभासद कार्कीले अध्यक्ष कार्कीसँग २० गते प्रधानमन्त्रीको चुनाव भएकाले आफूलाई नथुनिदिन आग्रह गरेका थिए ।
'चुनाव भए सभामुखको अनुमति लिएर आउनुहोस्' कार्कीको जवाफ थियो,'उहाँले भन्नु भए मत हालुञ्जेलका लागि हामी पठाइदिन्छौं ।'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई अपरान्ह तीन बजे बा १ झ ६७६१ नम्वरको गाडीमा बयानका लागि विशेष अदालत लगेको थियो । अख्तियार र प्रहरीको विशेष टोलीले एक लाख रुपैयाँ घूस लिदै गर्दा कार्की र उनका सहयोगीलाई राजधानीको भीमसेनगोलास्थित डेराबाट सोमबार साँझ पक्राउ गरेको थियो ।
इन्स्पेक्टरका लागि पाँच लाख चाहिने भन्दै उनले एक लाख रुपैयाँ बैनावापत लिएको प्रहरीले दाबी गरेको छ ।
प्रकाशित मिति: २०६७ भाद्र १५ ०१:३५
















तपाईंको प्रतिकृया