पूर्व युवराज्ञी हिमानी दोलखामा

(5 Votes)
राजेन्द्र मानन्धर

दोलखा, भाद्र १४ - पूर्व युवराज्ञी हिमानी शाह औपचारिक कार्यक्रममा सहभागी हुन सोमबार साँझ दोलखा आएकी छन् । बालबालिकालाई सहयोग गर्न र खानेपानीको आयोजनाको सामाग्री वितरण गर्न दोलखा आएकी उनी चरिकोटस्थित पानोरोमा होटलमा विश्राम गरी मंगलबार विहानैदेखि कार्यक्रममा सहभागी हुने छिन् ।

मंगलबार विहान दोलखाबजारस्थित त्रिपुरासुन्दरीको दर्शनपछि त्यही रहेको बालमन्दिर र चरिकोटमा रहेको गौरीशंकर बालगृह भ्रमण गरी वालवालिकालाई भेट्ने कार्यक्रम छ । उनी मंगलबार नै चरिकोटबाटा झन्डै २४ किलोमिटर टाढा नाम्दु गाविसस्थित खानेपानी आयोजनाको सामान हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुने आयोजक राष्ट्रिय सरोकार मन्च दोलखाले जनाएको छ ।

उनलाई स्वागत गर्न चरिघ्याङस्थित होटल जाने बाटोमा केही व्यक्ति भेला भएका थिए । काठमाडौंबाट उनका साथमा केही पत्रकार र सादा पोषाकका सुरक्षाकर्मीहरु थिए ।

 

प्रकाशित मिति: २०६७ भाद्र १४ ०७:२६

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।