बस दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते
सहयोगी लिङ्कहरू
सल्यान, भाद्र १४ - काठमाण्डौबाट दाङ्ग सल्यान हुदै रुकुम जान लागेके ना ३ ख १४९१ नम्बरको यात्रु बस सल्यानको शिबरथ १ खौला बजार नजिकै सोमबार बिहान दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । चार घाइते भएका छन् ।
मृत्यु हुनेमा रुकुम २ बाफिकोटका नन्दराम पुन र बसका कन्डक्टर दाङ्ग ७ नारायणपुर घर भएका पम्पु पठान रहेका छन । घाईतेमा बस चालक जिबन चौधरी , सहचालक प्रकाश के.सि. , यात्रु गिता पुन र बीर बहादुर पुन रहेका छन । उनिहरुको झुल्नेटा स्थित मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
पानी परेकाले उकालो सडकमा चिप्लिएर दुर्घटना भएको र बस सडकबाट करिब ५ सय मिटर तल खोल्सामा खसेको समेत प्रहरीले जनाएको छ । बसमा करिब ४० जना यात्रु सवार थिए ।
प्रकाशित मिति: २०६७ भाद्र १४ ०९:०७
















तपाईंको प्रतिकृया