सममुक्ति सेनाका केन्द्रीय कमान्डरसहित तीन पक्राउ

(0 Votes)

दाङ, भाद्र १३ -  सममुक्ति सेनाका केन्द्रीय कमान्डरसहित तीनजनालाई प्रहरीले दाङको घोराहीबाट पक्राउ गरेको छ ।

घोराहीको सागर होटलमा खानाखाने क्रममा सेनाका केन्द्रीय कमान्डर बताउने धादिङ बेनीघाट घर भएका २४ वर्षीय रविन रेग्मी, रुकुम खलङ्गाका खीमबहादुर सुनार र  बाँके समसेरगञ्जका राकेश सुनुवारलाई नगर प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले एकथान ल्यापटप, एउटा खुकुरी, रजिस्ट्रर र परिचयकार्ड पनि बरामद गरेको छ ।

बरामद गरिएको रजिस्ट्ररमा सममुक्ति सेनाका २१ जना सेनाको कम्ब्याट ड्रेससहितको फोटो र नाम ठेगाना पनि फेला पारीएकोको प्रहरीले जनाएको छ ।

उनीहरुको साथमा रहेका दुईजना फरार रहेका छन् ।

फरार हुनेमा  दाङ तुल्सीपुरका कमल न्यौपाने, गोरखाका रमेश मक्रान्ति रहेका छन् ।

फरार भएकाहरुको खोजीकार्य भइरहेको नगर प्रहरी कार्यालय घोराहीका प्रहरी नायब निरीक्षक पे्रमबहादुर बोहराले जानकारी दिए ।

प्रकाशित मिति: २०६७ भाद्र १३ ०१:४७

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।