दुर्घटनामा सशस्त्र प्रहरीको मृत्यु

(0 Votes)

दाङ, भाद्र १३ -  भालुवाङस्थित सशस्त्र प्रहरी बलमा कार्यरत प्रहरीजवान दिनेश चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । 

यात्रीवाहक एउटा बसले उनलाई भालुवाङ-लमही सडकमा शनिबार राति ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, सममुक्ति सेनाका केन्द्रीय कमाण्डरसहित तीनजनालाई पक्राउ गरिएको छ ।

प्रहरीले सेनाका केन्द्रीय कमाण्डर रवीन रेग्मी, खिमबहादुर सुनार र राकेश सुनुवारलाई पक्राउ गरेको तथा उनीहरूबाट एकथान ल्यापटप कम्फ्युटर एउटा खुकुरी, युद्ध पोसाकलगायत सामग्री बरामद गरेको छ ।

सहचालकको मृत्यु

चितवन

 द्रुत गतिमा हुइकिएको बसबाट खसेर त्यसका सहचालक १८ वर्षीय कृष्ण श्रेष्ठको मृत्यु भएको छ ।

बसबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठको  भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बस र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।

 

प्रकाशित मिति: २०६७ भाद्र १३ ११:४८

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।