सुरक्षा स्थिती बुझ्न प्रहरीका एआइजी दाङमा

(0 Votes)
दुर्गालाल केसी

दाङ, श्रावण ३१ - दाङको पछिल्लो सुरक्षा अवस्थाका वारेमा जानकारी लिन आज नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षकको नेतृत्वमा एक टोली दाङ आएको छ । प्रहरी अतिरिक्त महानिरिक्षक किरण गौतमको नेतृत्वमा जिल्ला आएकोे टोलीले दाङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतसंग भेट गरी जिल्लाको सुरक्षा अवस्थाका वारेमा जानकारी लिने भएको छ ।

पछिल्लो सयममा दाङमा हत्या, चन्दा असुली र अपहरण जस्ता घटनामा बृद्धी हुन थालेपछि उच्च सुरक्षा अधिकारीको टोलीले जिल्लाको शान्ति सुरक्षाबारे बुझ्न थालेको हो । पछिल्लो समयमा सञ्चार उद्यमी देविप्रसाद धितालको हत्या भएको २७ दिन बितिसक्दा पनि घटनाको कुनै पनि तथ्य फेला पर्न सकेको छैन । यसैगरी साउन १६ गते बेपत्ता भएका बिजौरी-५ बिजौरी निवासी ५९ वर्षीय मुकुन्द गौतमको अबस्था पनि अझै अज्ञात रहेको छ ।

प्रकाशित मिति: २०६७ श्रावण ३१ ०३:४२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।