मन्त्रिपरिषद् बैठक/सैनिक अधिकारीहरुको म्याद थप र बढुवा/पाकिस्तानलाई एक करोड
सहयोगी लिङ्कहरू
काठमाडौ, श्रावण २८ - सरकारले दुई उपरथी, सात सहायकरथी र दुई महासेनानीको म्याद थप्ने निर्णय गरेको छ भने दुई जनालाई सहायकरथीमा बढुवा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उपरथीहरु नेपाल भूषण चन्द र नेत्रबहादुर थापाको दुई बर्षम्याद थप्ने निर्णय गरेको हो । त्यसैगरी सहायकरथीहरु रविचन्द्र शाह, श्यामकृष्ण श्रेष्ठ, किरण बज्राचार्य, राजेन्द्र क्षेत्री, यज्ञविक्रम राणा, प्रेम प्रकाश थापामगर र बलदेब राज महतको तीन बर्ष म्याद थपेको छ । महासेनानीहरु राजिव पाण्डे र यादव विष्टको दुई बर्ष थपिएको छ । महासेनानीहरु किशोरजंग राणा र गोविन्द खड्कालाई सहायकरथीमा बढुवा गरिएको छ ।
पाकिस्तानका बाढि पीडितलाई राहतका लागि सरकारले एक करोड रुपैयाँ छुट्याएको छ । पाकिस्तानमा हालै गएको बाढिबाट कम्तीमा १ हजार ६ सयको मृत्यु भइसकेको छभने लाखौं जना बिस्थापित भएका छन् । त्यहाँको राहतका लागि संयुक्त राष्ट्र संघले करोडौं डलरका लागि अपील गरेको छ ।
त्यसैगरी मध्य तराइमा सुख्खा मौसमका कारण यस बर्ष वीउविजन उत्पादन नभएकाले राहत दिनको लागि सम्बन्धित मन्त्रालयलाई कार्याधिकार तोकियो छ ।
बिभिन्न चार्ड वर्प आउन लागेकाले सरकारले चिनीको आयतका लागि लाग्ने शुल्कमा कटौती गरेको छ । अव चिनीका एक प्रतिशत मात्र कर लाग्ने छ ।
गृहसचिव गोविन्द कुसुमको नेतृत्वमा नेपाल-चीन सुरक्षा सहभागिताको लागि स्वीकृति दिएको छ । सुर्ती जन्य पदार्थहरुलाई निरुत्साहित गर्नका लागि निर्देशीका निर्माण गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: २०६७ श्रावण २८ ०६:२३









तपाईंको प्रतिकृया