सञ्चार उद्यमी धितालको हत्यास्थलमा प्रहरी चौकी स्थापना

(0 Votes)
दुर्गालाल केसी

दाङ, श्रावण २४ - सञ्चार उद्यमी देविप्रसाद धिताल हेमराजको हत्या भएको स्थान उरहरी ४ हेमनगरमा सोमबार अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।

वढ्दो हत्या आतंक र चन्दा असुली लगायतका घटना नियन्त्रणका लागि प्रहरी सहायक निरीक्षक रतन शर्माको नेतृत्वमा ११ जनाको प्रहरीको टोलि खटाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

धितालको हत्या भएको १९ दिन भैसक्दा समेत दोषी पहिचान हुनसकेको छैन । प्रहरी प्रशासनलाई हत्यारा पहिचानका लागि चौतर्फी दबाव परिरहेको बेला हत्यास्थलमा प्रहरी चौकी स्थापना गरिएको छ ।

अनुसन्धानको क्रम जारी रहेको र सत्यतथ्य छिट्टै पत्ता लाग्ने प्रहरीको दाबी छ । शंकास्पद ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक जीवन बुढाथोकीले जानकारी दिए ।

 

प्रकाशित मिति: २०६७ श्रावण २४ ०५:३७

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।