किया गाडीमा आगजनी
सहयोगी लिङ्कहरू
दाङ, श्रावण २२ - दाङमा शुक्रबार राति अज्ञात समूहले एक किया गाडीमा आगजनी गरेको छ । तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ज २४५ नम्बरको किया गाडीमा घोराही लमही सडक खण्ड अन्तर्गत चैलाही गाविस ३ बेलदमारमा आगजनी गरिएको हो । ५/६ जना युवाहरुको समूहले चालक र सहचालक मात्रै रहेको गाडीलाई राति पौने १२ बजे एक्कासी बाटोमा रोकी आगजनी गरेका थिए । उक्त समूहले चालक र सहचालकलाई कुटपिट गरी लखेटेपछि गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गाडी पूर्णरुपमा नष्ट भैसकेको र आगजनी गर्नेहरुको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०६७ श्रावण २२ ०८:१८
















तपाईंको प्रतिकृया