छिमेकीको कुटपिटबाट एकको मृत्यु
सहयोगी लिङ्कहरू
दाङ, श्रावण २२ - दाङमा शुक्रबार राति छिमेकीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टरिगाउँ गाविस वडानं. ३ निवासी ४० वर्षीय बाबुराम चौधरी रहेका छन् । घरायशी विवादका कारण छिमेकी ३५ वर्षीय मनबिर चौधरीले कुटपिट गर्दा उनको मृत्यु भएको हो । राति पौने ८ बजे मनबिरले दाउरा प्रहारी गरी बाबुरामलाई सख्त घाइते बनाएका थिए । घाइते बाबुरामलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्ज पनि उपचार नभएपछि काठमाडौ लैजाने क्रममा राति २ बजेतिर बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुटपिट गर्ने मनबिरलाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरिसकेको छ ।
प्रकाशित मिति: २०६७ श्रावण २२ ०८:१७
















तपाईंको प्रतिकृया