झगडापछि चुनाव स्थगित
सहयोगी लिङ्कहरू
स्याङजा, श्रावण १६ - नेपाली काग्रेसको १५ गते भएको क्षेत्रीय अधिवेशन क्षेत्र नं ३ मा स्थगित भएको छ । शनिबार सभापतिका प्रत्यासी लक्ष्मण प्रसाद भटटराईमाथि आक्रमणको प्रयास भएपछि उत्पन्न विवादले शनिबार हुने भनिएको निर्वाचन आइतबारसम्मका लागि स्थगित भएको हो ।
क्षेत्र नं. ३ बाट क्षेत्रिय सभापति पदका लागि इश्वर खाँड र लक्ष्मण प्रसाद भटटराईको उम्मेदवारी दर्ता गराएपछि भटटराई माथि अक्रमणको प्रयास भएको हो । उक्त आक्रमणबाट पकवादिका हरि खनाल र परशुराम खनाल घाइते भएका छन् भटटराई भने सुरक्षित रहेको बताइएको छ । झडपपछि गल्याङ् बहुमुखि क्याम्पस शनिबार विहान केहि समय तनावग्रस्त भएको थियो । गल्याङ् बहुमुखी क्याम्पसमा उम्मेदवारी दर्ता गरे लगतै घटना भएको हो ।
प्रकाशित मिति: २०६७ श्रावण १६ ०९:५३
















तपाईंको प्रतिकृया