इलाममा प्रहरी चौकी आक्रमण

(1 Vote)
कान्तिपुर संवाददाता

इलाम, श्रावण १६ - जिल्लाको पश्चिमी बाँझो गाविसस्थित पञ्चमी बजारमा रहेको प्रहरी चौकीमा शनिबार साँझ 'लिम्बुवान स्टेट फोर्स' नाम गरेको नयाँ जातीय संगठनले आक्रमण गरेको छ । विगत केही महिनादेखि यस क्षेत्रमा सरकारी उपस्थिति झल्किने निकायमाथि छिटफुट आक्रमण गर्दै आएको उक्त संगठनले सदरमुकामभन्दा झन्डै ५० किलोमिटर टाढाको चौकीमा साँझ साढे ६ बजेतिर आक्रमण गरेको हो ।

आक्रमणकारीले प्रहरी चौकीबाट दुई थान राइफल, एक थान रेडियो सेट र एक थान माउजर कब्जामा लिएको दाबी गरे पनि प्रहरीले त्यसलाई झूटो भएको प्रतिक्रिया दिएको छ । आक्रमणकारीले चौकीबाट एक थान रेडियो सेटमात्र लगेको प्रहरीले जनाएको छ । चौकीमा रहेका एक दर्जन प्रहरीमध्ये आधा जति गाउँमा पहिरो पन्छाउन गएका बेला फोर्सका करिब दुई दर्जन कार्यकर्ताले आक्रमण गरेका थिए ।

घटनापछि सबै प्रहरी चौकीमा भेला भएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । चौकी आक्रमणपछि फोर्सका कार्यकर्ताले फायरिङ र नाराबाजी गर्दै पञ्चमी बजार छोडेका थिए ।  

 

प्रकाशित मिति: २०६७ श्रावण १६ ०८:३७

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।