बहराइन पुगेको भोलिपल्ट मृत्यु

(1 Vote)
कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण १५ - वैदेशिक रोजगारीका लागि बहराइन पुगेको भोलिपल्ट एक नेपाली कामदारको ज्यान गएको छ । बहराइनको अल अडिया कन्ट्रयाक्टिङ इस्टाबिल्सहीमेन्टमा लेबरको रूपमा काम गर्न गएका महेन्द्रनगरका ४१ वर्षीय फिरान महराको ज्यान गएको हो ।

गएको शनिबार बहराइन पुगेका उनको शव प्रहरीले गत बुधबार सडक छेउमा भेटेको थियो । महराका मालिक अली अल सिद्धिकीका अनुसार उनी शारीरिक र मानसिक रोगबाट ग्रसित थिए ।

'उनी आएको दिन मेरो क्याम्पमा बसेका थिए,' उनले बहराइनबाट प्रकाशित गल्फ टाइम्स दैनिकलाई भनेका छन्, 'भोलिपल्ट बिहान काम लगाउन खोज्दा काम नगर्ने बताउँदै बाहिर निस्किएका थिए । उनले घर र्फकने बताइरहेका थिए ।'

प्रहरीले उनको शरीरबाट श्वासप्रश्वाससम्बन्धी उपचार गरिरहेको मेडिकल रिपोर्ट भेटिएको बताएको छ । उनका श्रीमती र चार बच्चा छन् । वैदेशिक रोजगारमा जानुअघि वैदेशिक रोजगार विभागले निगोरिकताको प्रमाणपत्र पेस गरेपछि मात्रै श्रम अनुमति दिने गरेको छ । उनी कानुनी प्रक्रिया पूरा गरेर बहराइन उडेका थिए ।

 

प्रकाशित मिति: २०६७ श्रावण १५ ११:२०

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।