प्रहरी चौकीमा आक्रमण गरिएको दावी

(5 Votes)
प्रदीप मेन्याङवो

धरान, श्रावण १५ - इलामको बाँझो पञ्चमीस्थित प्रहरी चौकीमा आक्रमण गरी हतियार लुटेको लिम्बुवान स्टेट फोर्स नामक एक संगठनले दावी गरेको छ । उक्त स्थान सदरमुकामबाट दुइ दिनको पैदल बाटोमा पर्ने हुंदा घट्नाबारे पुष्टी हुन सकेको छैन ।

फोर्सको सैन्य प्रबक्ता भन्दै खाम्वक्सा नाम बताउने एक व्यक्तिले यस संवाददातालाई टेलिफोन गरि शनिबार दिउँसो ५ बजे चौकीमा आक्रमण गरिएको बताएका हुन् ।

उनले दुइ थान थ्रिनटथ्रि राइफल, एउटा रेडियो सेट र एउटा माउजर लुटेको दावी गरे । तर, मानवीय क्षती भने नभएको दावी गरेको छ ।

'हामीले लिम्बुवान मुक्तिका लागि विद्रोह सुरु गरेका छौं' उनले टेलिफोनमा भने ।   

 

 

प्रकाशित मिति: २०६७ श्रावण १५ ०८:४९

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।