अब रेमिट्यान्सको लगानी कपडामा

(0 Votes)
बसन्ती बाँस्तोला

स्याङ्जा, श्रावण १५ - जिल्लामा घरजग्गापछि रेमिट्यान्सको दोस्रो खर्च कपडामा हुने गरेको छ । ३ वर्ष यता कपडामा बढि रकम खर्च गर्ने व्यक्ती ह्वात्तै बढेका छन् । नयाँ फेशन, विदेशी संस्कृतिको प्रशय, सुचना र सञ्चारको विकासले मानिसलाई बढि खर्चिलो बनाएको छ । आवश्यकता भन्दा बढि देखासिकीको कारण बढि खर्च कपडामा हुने गरेको व्यापारी बताउँछन् ।

टिभि र फिल्ममा कलाकारले लगाएका कपडा खोज्दै आउने गरेको गि्रशा कर्नरका सञ्चालक मुनिन्द्र मर्सानीले बताए । उनले भने 'खोजेको सामान पाए पैसा जती पनि तिर्न तयार हुन्छन् ।' कुर्ता, सुरुवाल, टप्स, तन्ना र साडी बेच्दै आएका उनले ४ सयदेखि ७ हजारसम्मका कुर्ता र ३० हजारसम्मका साडि बेच्छन् ।

विशेष अवसरमा मात्र कपडा किन्ने ग्राहकहरु अहिले राम्रो लागे हप्तामै २ पटकसम्म खरीद गर्छन् । विदेशमा कमाउन गएका परिवारले मात्र हैन व्यापारी र जागिरेले समेत फेशन अनुसार चल्नको लागी आफ्नो कमाईको ५० प्रतिशत कपडामा खर्च गर्छन् । चाहिएर भन्दा पनि राम्रो लागे हप्तामै किन्ने सौन्र्दयकर्मी सगुन गुरुङले बताईन ।

प्रकाशित मिति: २०६७ श्रावण १५ ०५:३७

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।