झाडापाखालाबाट एकको मृत्यु

(0 Votes)
मोहन शाही

डोटी, श्रावण १५ - झाडापाखालाबाट एक बृद्धाको मृत्यू भएको पुष्टि भएको छ । खरसैन वडा नं. ८ बिस देबी भुलको विहीवार मृत्यू भएको शनिवार पुष्टि भएको हो । जिल्लावाट स्वास्थ्य सहायक जगत महत्तोको नेतृत्वमा गएको टोलीले भुलको मृत्यू भएको पुष्टि गरेको थियो । खिरसैनमा अन्य दुइजना पनि झाडापखालावाट सिकिस्त रहेको स्वास्थ्य सहायक महत्तोले वताए । गाउका अन्य ११ जनामा पनि झाडापखाला देखिएको छ । पायक पर्ने ठाउमा स्वास्थ्य चौकी नभएपछि झाडापखालाका विरामीहरु निजी क्लिनीकमा जानेगरेकाले झाडापखाला फैलिएको समयका थाहा हुन नसकेको जिल्ला स्वास्थ्यले जनाएको छ ।

 

प्रकाशित मिति: २०६७ श्रावण १५ ०५:०३

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।