संक्रमित बालबालिकाका लागि लुगाकपडा

(0 Votes)
मोहन शाही

डोटी, श्रावण १५ - एचआईभी संक्रमित टुहुरा,अनाथ लगायतका लागि लुगाकपडा हस्तान्तरण गरेको छ ।एनएमबि बैकले एनएमबि बैंकको एनएमबि क्लोथ ड्राईभ योजना अन्तरगत लुगाकपडा हस्तान्तरण गरेको हो । शनिवार डोटीको सिलगढीमा एक कार्यक्रमको आयोजना गरि नेपाल रेडक्रस सोसाईटी डोटी शाखालाई उक्त बैकका धनगढी शाखा प्रवन्धक इन्द्र शाही र केन्द्रीय कार्यालय बबरमहलका अधिकृत बिम्व भण्डारीले ३ हजार जोडी लुगा कपडा हस्तान्तरण गरेको हो ।

'यो लुगाकपडा एचआईभी संक्रमितका टुहुरा,गरिब तथा जेहेन्दार विद्यार्थीका लागि हो',धनगढी शाखा प्रवन्धक इन्द्र शाहीले भने-'यसको दुरुपयोग नहोस ।'

नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका कार्यबाहक सभापती सुरेन्द्र श्रेष्ठले एनएमबि बैकले समाजसेवामा समर्पित भएर हस्तान्तरण गरेको लुगाकपडा लक्षीत बर्गलाई उपलब्ध गर्ने बताए । उनले भने-'हामी एचआईभीका क्षेत्रमा काम गर्ने संघसंस्था संग तथ्यांक माग्ोर सोही आधारमा लुगा कपडा बितरण गर्नेछौं ।'

 नेपाल रेडक्रस सोसाइटी डोटीका सदस्य खडक बोहराले लुगाको साईज मिलाउन गाहृो भएकाले शनिबार संक्रमित टुहुराका बालबालिकालाई लुगा बितरण गर्न नसकिएको बताए । उनले भने-'हामी एक साता भित्रै लुगा बितरण गर्दछौं ।'

डोटीमा ४८ जना संक्रमित टुहुरा छन् भने संक्रमितका टुहुराहरुको एकिन तथााक छैन । आमा बुवा एच.आईभीको संक्रमण बाट मरेपछि जिल्लामा दर्जनौ बालबालिकाको स्थिति दयनिय रहेको छ ।

समान्य लुगा नहुदा र कापी कलम किन्न नसक्दा संक्रमितका बालबालिका विद्यालय जानबाट बञ्चीत रहेका छन् ।

 

प्रकाशित मिति: २०६७ श्रावण १५ ०५:०१

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।