पहिरोमा पुरिएर २० बाख्रा मरे

(0 Votes)
दुर्गालाल केसी

दाङ, श्रावण १५ - दाङको तुलसीपुर नगरपालीका ७ बोहरा गाउँमा आज पहिरोमा पुरीएर २० ओटा बाख्रा मरेका छन् । पहिरोले स्थानिय सल्ली सामुदायिक वनको दाङपानी जंगलमा बाख्रा चराउन गएका १८ बषिर्य शिबकुमार वली समेत घाइते भएको स्थानिय गुरुप्र्रसाद वलीले जानकारी दिनुभएको छ । ठूलो पहिरो खसेपछि बाख्राहरु पुरीएको र भाग्दाभाग्दै वलीको खु्ट्टामा चोट लागेको उहाँले बताउनुभएको छ । घाइते वलीको स्थानिय मेडिकलमा उपचार भइरहेको छ । स्थानिय बासिहरुले हालसम्म मरेका १५ वटा बाख्रा पहिरोबाट निकालेका छन् । बाँकी पाँच ओटा बाख्रा अझै निकाल्न नसकिएको वलीले बताउनुभएको छ ।

प्रकाशित मिति: २०६७ श्रावण १५ ०४:२९

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।