कांग्रेस कार्यकताद्धारा मौन ब्रत

(0 Votes)
विमल खतिवडा

पर्वत, श्रावण १५ -  कांग्रेसको १२ औ महाधिबेशनको नेतृत्व  चयनमा असन्तुष्टि जनाउँदै पर्वतमा एक कार्यकर्ता मौन ब्रत बसेका छन । सदरमुकाममा रहेको शिवालय गाविसको सभापति पदका उम्मेद्वार रमाकान्त शर्मा मौन ब्रत बसेका हुन ।

गाउँ कार्यसमिति र क्षेत्रिय अधिबेशनको प्रतिनिधी चयनमा सहमति गर्ने नाममा इमान्दार कार्यकर्तालाई पछाडी पारेको भन्दै उनी दुई दिन सम्मका लागि मौन ब्रत बसेका हुन् । पार्टीमा आफ्नो योगदानको कुनै मुल्यांकन नभएको भन्दै मौन ब्रत बस्न बाध्य भएको उनीद्धारा जारी अपिलमा उल्लेख गरिएको छ । शिवालय गाविसको गाउँ कार्यसमिति र क्षेत्रिय अधिबेशनका प्रतिनिधी छनौटका क्रममार्  शर्मा सभापति पदबाट बाहिरीएका थिए ।

प्रकाशित मिति: २०६७ श्रावण १५ ०४:२८

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।