शरणार्थीद्वारा भोक हड्ताल स्थगित

(0 Votes)
कान्तिपुर संवाददाता

दमक, श्रावण १५ - छ दिन अघि देखि राहातको माग गर्दै भोक हड्तालमा उत्रिएका शरणार्थीहरुले शनिबार दिउँसोदेखि १५ दिनका लागी हड्ताल स्थगित गरेका छन् । शरणार्थी समन्वय इकाइको आग्रहमा आन्दोलन स्थगित गरिएको राहात बञ्चित पडित शरणार्थी समूहृका संयोजक नन्दु पौडेलले जानकारी दिए ।

  शुक्रबार  जिल्ला प्रसासन कार्यलयमा शरणार्थीका सातवटै शिबिरका सचिब र आन्दोलनकारीका संयोजक सहितको वार्ताम प्रजिअ एवं शरणार्थी समन्वय इकाइका निर्देशक यादब प्रसाद कोइरालाले हड्ताल फिर्तालिन आग्रह गरेको थिए ।

  संयोजक पौडेलका अनुसार प्रसासनले गृह मन्त्रालय मार्फत राहात नपाएका शरणार्थीहरुको समस्या समाधानका लागी पहल भइरहेको जनाएपछि आन्दोलन केही समयका लागी स्थगित गर्ने निणर्य गरिएको हो ।'सिडओको आग्रपछि सातवटै शिबिरको बैठक बसेर दुई हप्ताका लागी भोक हड्ताल स्थागित गर्ने निणर्य गरेका हौ.'पौडेलले शनिबार भने ।

  १५दिनभित्र पनि आफना मागहरु पूरा गर्ने प्रक्रिया अघि नबढाए शरणार्थी सम्बन्धी उच्च आयोग-यूएनएचसिआर),आप्रब्सी संगठन-आइओएम)का कार्यलय अगाडी आमरण अनसन बस्ने शरणार्थीहरुले जनाएका छन् । यसैगरी दातृ निकायका गाडीहरु गुड्न अबरोध गर्नका लागी   शरणार्थीहरुले सडकमा सुत्ने चेतावनी दिएक्छन् ।

  शरणार्थीलाई खाद्यान्न् उपलब्ध गराउदै आएको बिश्व खाद्य कार्यक्रमले केही महिना अघि शिबिरहरुमा शरणार्थीक् उपश्थितीका आधारमा नयां तथ्यांक निकाले केही र शणार्थीहरुको राहात कटौती गरेको हो ।त्यसबेला देखि  ३हजार१सय ९०जना शरणार्थीको राहात कटौती  भएको छ ।

  

 

 

 

 

प्रकाशित मिति: २०६७ श्रावण १५ ०३:२७

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।