मेचीमा अनिश्चितकालीन यातायात बन्द

(0 Votes)

इलाम, श्रावण १५ - चालक हत्यामा संलग्नलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग राख्दै यातायात मजदुर सङ्गठनले शनिबारदेखि मेची अञ्चलमा अनिश्चितकालीन यातायात बन्द गरेका छन् ।

झापाको सुरुङ्गामा मारिएका बसचालक र मोरङको भाउन्नेमा मारिएका टयाक्सीचालकको हत्यामा संलग्नलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन स्थानीय प्रशासनले चासो नदिएको भन्दै मजदुरले यातायात बन्द गराएका हुन् ।

झापाको घैलाडुब्बाबाट गोविन्दपुर जन्ती लिएर गएको बसचालक शेरबहादुर मगरको जन्तीको कुटाइबाट सुरुङ्गामा २०६६ फागुन २६ गते मृत्यु भएको थियो ।

मगरको हत्यामा संलग्नलाई एकमहिनाभित्रमा कारबाही गर्ने र पीडितपरिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति प्रदानका लाथि स्थानीय प्रशासनले पहल गर्ने प्रतिबद्धता जनाए पनि राहत नपाएको भन्दै अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल यातायात मजदुर सङ्घ संयुक्तले मेची अञ्चलमा यातायात बन्द गराएका हुन् ।

यसैगरी, दुईवर्षअघि मोरङको भाउन्नेमा अज्ञात समूहबाट हत्या गरिएका टयाक्सीचालक दीपक पाण्डेका परिवारलाई क्षतिपूर्ति र हत्यामा संलग्नलाई कारबाही नभएको मजदुर सङ्गठनको आरोप छ ।

पाण्डेको परिवारलाई साँढे सात लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिने भनिए पनि स्थानीय प्रशासनले अझैसम्म बेवास्ता गरेको मजदुर सङ्गठनले बताएका छन् । 

यातायात मजदुरको बन्दले झापा, इलाम, पााचथर र ताप्लेजुङमा सवारीसाधन चलेका छैनन् ।

 

प्रकाशित मिति: २०६७ श्रावण १५ ०२:५०

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।