मधेसबादी नेताहरुलाई भौतिक कारबाहीको धम्की

(1 Vote)
जे पाण्डे

नेपालगन्ज, श्रावण १५ - जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी नामक भूमिगत संगठनले माओवादीसंग  सहकार्य गरे मधेशबादी नेताहरु माथि भौतिक कारबाही गर्ने  धम्की दिएको छ ।

जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी तराईमा हिसात्मक गतिबिधि गर्दै आएको शसस्त्र समृह हो । सो समूहका  अध्यक्ष तथा सर्बोच्च सैन्य कमाण्डार भगत सिंहले शनिबार प्रेस बिज्ञप्ति मार्फत सत्ताका लागि माओवादीसंग हातेमालो नगर्न मधेशवादी राजनीतिक दलहरुलाई आग्रहसमेत गरेका छन ।

'राजतन्त्र पछि तराईमा माओवादीले शसन गर्ने दिवा सपना देखिरहेको छ', सो  पार्टीका अध्यक्ष सिंहले प्रेस बिज्ञप्तिमा भनेका छन्, 'मधेश कब्जा गर्ने कुसोच बनाएको माओवादीसंग हातेमालो  गर्ने मधेशवादी नेताहरु माथि हाम्रो पार्टी जनकारबाही गर्ने छ ।'

सो समूहले बिज्ञप्तिमा माओवादीलाई  प्रमुख राजनीतिक दुश्मनका रुपमा लिएको जनाएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मार्चाले सोमबार प्रधानमन्त्रिको चुनवमा माओवादीलाई  समर्थन गर्न सक्ने संभावना देखेपछि  उक्त शसस्त्र समूहले यस्तो धम्की दिएको हो ।  

 

प्रकाशित मिति: २०६७ श्रावण १५ ०२:२१

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।