नवलपरासीमा जिप पल्टिदा ९ को मृत्यु/ थप मृतकको सनाखत

नारायण शर्मा

नवलपरासी , श्रावण १५ -  नबलपरासीको पहाडि बुलिङटार दल्दले सडक खण्डको सुक्खा खोलामा शनिबार विहान जीप दुर्घटना हुदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।

दुर्घटनामा बुलिङटार गाविसका लिला रानाभाट , उनकानाति सौरभ , ज्ञानिसरा डिस्वा , डिलमाया पाण्डे, नवलपरासी जौवारी गाविसका धनबहादुर राना, र उनकि श्रीमती बिहिसरा रानाको घटनास्थलमै मृत्यु भएको छ ।

 मृतक अन्य तिनजनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइने हुुनेमा जिपका चालक धनबहादुर महतो , कुमार सुनार , खिम बहादुर सोतीको अबस्था गम्भिर छ  । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइते अन्य तिनजनाको बिबरण प्राप्त हुन सकेको छैन ।

बुलिङटार वाट दल्दलेतर्फ आउदै गरेको लु १ ज १८८० नम्बरको जीप कच्चि सडकबाट करिब २ सय फिट  तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कावासोतिले जानकारी दिएको छ । घटनास्थल पूर्वपश्चिम राजमार्गअन्तर्गत घटनास्थल महेन्द्रराजमार्गको दलदलेबाट ३० किमि टाढा पहाडि ग्रामिण भेगमा पर्दछ ।

वषर्ादका कारण कच्चि सडकमा चिप्लीएर गाडि दुर्घटना भएको हो ।

 

 

 

प्रकाशित मिति: २०६७ भाद्र २३ १२:२८

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]