विद्यार्थी नेताहरुसहित दर्जनौ जिल्ला कार्यकर्ताद्वारा एमाले परित्याग
सहयोगी लिङ्कहरू
राजबिराज, श्रावण १५ - पार्टी नेतृत्वमा ब्यक्तिवादी हैकमबादी प्रवृत्ति हावी भएको भन्दै सप्तरीका दर्जनौ जिल्ला नेता कार्यकर्ताले शनिवार एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
राजबिराज नगरपालिकाको सभा हलमा पत्रकार सम्मेलन गरि अनेरास्वबियुका केन्द्रीय सदस्य दिशेन कुमार यादव, पूर्व जिल्ला सचिव उमेश यादव, जिल्ला सदस्य अनिरुद्ध प्रसाद सिंह, मबिब क्याम्पसमा अनेरास्वबियुका तर्फबाट निर्वाचित स्वबियु सभापति केदार यादव, लगायत बर्गीय संगठनका केन्द्रीय सदस्यहरु गरि एक सय भन्दा बढीले पार्टी परित्याग गरेका हुन् ।
उनीहरुले अर्को पार्टी प्रवेशको घोषणा नगरेपनि एमाले पार्टी मधेसका सवालहरुलाई सम्बोधन गर्न उदासीन देखिएको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा उनीहरुले केन्द्रीय नेतृत्वको आडमा जिल्लाका केहि ब्यक्तिहरुले संगठनलाई ब्यक्तिबादी रुपमा संचालन गरेकाले वर्षौ देखि पार्टीमा त्याग गरेकाहरुले नेतृत्व बिकास हुन नदिएको आरोप लगाएका छन् । अनेरास्वबियुका केन्द्रीय सदस्य दिनेश कुमार यादवले जिल्लाको संगठनमा खासै समय नदिएपनि केन्द्रीय नेतृत्वको बलमा सुमन प्याकुरेलले पार्टीलाई बन्धक बनाएकाले आफूहरु पार्टी परित्याग गर्न बाध्य भएको बताए ।
यस्तै आरोप लगाउदै तीन महिना अगाडी मात्र नेकपा एमालेका पूर्व सांसदहरु दानालाल चौधरी, हिरालाल चौधरी लगायत दर्जनौ नेताहरु पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए ।
प्रकाशित मिति: २०६७ श्रावण १५ ११:३५
















तपाईंको प्रतिकृया