अभियुक्त पक्राउपछि राजविराज सामान्यतर्फ

(1 Vote)
जितेन्द्र खडगा

राजबिराज, श्रावण १५ - आर्थिक लाभ लिइ हत्याका आरोपीलाई छाडिएको भन्दै आक्रोसित पीडित पक्ष प्रहरी बिरुद्ध  प्रदर्शनमा उत्रेपछि तनावग्रस्त बनेको राजबिराज शनिबार बिहानबाट सामान्य बन्दै गएको छ ।

प्रदर्शनकारीको दवावमा प्रहरीले आरोपीहरु मध्ये दुई जनालाई शुक्रबार राति पुनः पक्राउ गरेपछि राजबिराजको स्थिति समान्य बनेको हो ।

 प्रर्दनपछि प्रहरीले मृतक काजलका ससुरा सकल यादव र जेठानी रम्भादेवीलाई पुनः पक्राउ गरिएको प्रहरी निरीक्षक भुवनेश्वर साहले बताए । मुख्य आरोपी मृतकका पति हेमनारायण यादव भने फरार रहेका छन् ।

दाईजोमा मोटरसाईकल नल्याएको भन्दै सप्तरी मलेठ-८ का हेमनारायण यादवले  परिवारका सदस्यहरुको सहयोगमा १८ बर्षीया श्रीमति काजल यादवको दुई दिन अघि हत्या गरेको काजलका माइती पक्षको आरोप रहेको छ ।

 काजलको हत्या लगत्तै प्रहरीले हेमनारायण यादव तथा उनका बुवा सकल यादवलाई पक्राउ गरेको थियो । तर, मृतक काजलको शवको पोष्टमार्टम समेत नहुदै केही बेरमै प्रहरीले आर्थिक लाभ लिई छाडेपछि पीडित पक्ष आक्रोसित हुँदै प्रदर्शनमा उत्रेका थिए । प्रदर्शनका क्रममा दुई वटा यात्रुबाहक बसमा र प्रहरी नायव उपरीक्षक चढेको जीपमा समेत तोडफोड भएको थियो । आक्रोशित प्रदर्शनकारीहरुले जिल्ला प्रहरी कार्यालय अगाडी टायर बाल्नुका साथै स्थानीय महिलाहरुले जिल्ला प्रहरी कार्यालय मुद्दा फाटका प्रहरी निरीक्षक भुवनेश्वर साह बिरुद्ध नाराबाजी समेत गरेका थिए ।

थप दाईजोका लागि ज्वाई पक्षबाट छोरीलाई पटक पटक कुटपीट हुदै आएको जानकारी प्रहरीमा सुरुदेखिनै गराउदै आएपनि कुनै चासो नराखिएको मृतक काजलका बुवा हरिश्चन्द्र यादवले गुनासो गरे ।  ३ लाख ५१ हजार रुपैया दाईजो दिएर २०६६ साल वैशाख ६ गते काजलको हेमनारायण संग बिहे भएको थियो ।

छोरीको हत्यापछि हरिश्चन्द्रले ज्वाई हेमनारायण यादव लगायत उनका, बुवा सकल यादव, आमा हरिहरदेवी, दाजु बेचन यादव र उनका पत्नी रम्भादेवी गरि पाच जना माथि किटानी जाहेरी दिएका छन् । यता पीडक पक्षले भने, काजलले भुण्डिएर आत्महत्या गरेको बताउदै आएका छन् । तर आत्महत्या गर्नुको कारण बारे काजलका ससुरा पक्षले केहि बताउन चाहेका छैनन् ।

प्रायः अशान्त रहने सप्तरी सदरमुकाम राजबिारज बिगत एक बर्ष देखि यहा कुनै प्रदर्शन भएको थिएन ।

 

प्रकाशित मिति: २०६७ श्रावण १५ ११:०३

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।