पश्चिमाञ्चल होटल संघको अध्यक्षमा विप्लब पौडेल
सहयोगी लिङ्कहरू
पोखरा, श्रावण १५ - पर्यटकीय होटलहरुको छाता संगठन पश्चिमाञ्चल होटल संघको अध्यक्षमा विप्लब पौडेल सर्बसम्मत चयन भएका छन ।
गत मध्यरातमा सम्पन्न संघको प्रथम महाधिवेशनबाट होटल बाराहीका संचालक पौडेल अध्यक्षमा चुनिएका हुन ।
समितिको प्रथम उपाध्याक्षमा हरि शर्मा, द्वितीय उपाध्याक्षमा भरत पराजुली र महासचिवमा विकल तुलाचन निर्वाचित भएका छन । यसैगरी कोषाध्याक्षमा दिपक श्रेष्ठ, सचिव लक्ष्मण सुवेदी, सहकोषाध्याक्षमा धरमसिंह लामिछाने सदस्यहरुमा गणेशराज पहारी, बासुदेव पहारी, अनील श्रेष्ठ, केशव अधिकारी, गिरीधारी शर्मा नगेन्द्रराज केसी र निर्वतमान अध्यक्ष गोविन्दराज पहारी रहेका छन ।
नवनिर्वाचित अध्यक्ष पौडेलले आफ्नो पहिलो प्राथमिकता पोखरालाई अन्तराष्ट्रिय पर्यटकीय गन्तब्य बनाउने रहेको बताए ।
तत्कालिन क्षेत्रीय होटल संघ र पोखरा होटल संघ बीच एकिकरण भएपछिको यो प्रथम महाधिवेशन हो ।
प्रकाशित मिति: २०६७ श्रावण १५ १०:०४
















तपाईंको प्रतिकृया