बक्सिङका खेलाडी छानिए

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण १५ - नेपाल बक्सिङ संघले चीनको गोन्जाउमा हुने १६ औं एसियाली खेलकुदका लागि शुक्रबार पहिलो चरणको खेलाडी छनोट सम्पन्न गरेको छ ।

उसले पहिलो चरणमा पुरुषतर्फ ८ सहित १२ खेलाडी छनोट गरेको हो । दशरथ रंगशालाको बक्सिङ हलमा भएको छनोट प्रतिस्पर्धामा ५२ केजीमा पुरन राई, ६० केजीमा दिनेश श्रेष्ठ, ७५ केजीमा रत्न तामाङ तथा ८१ केजीमा दीपक महर्जन पहिलो भए ।

संघका अनुसार उक्त तौल समूहमा दोस्रो भएका खेलाडीलाई वैकल्पिकमा राखिएको छ । ५२ केजीमा सुदेश मानन्धर, ६० केजीमा योगेश गुरुङ, ७५ केजीमा देवेन्द्र महर्जन र ८१ मा उज्जरसिंह थापा दोस्रो भएका हुन् । महिलातर्फ ५१ केजीमा सञ्जु लामा र ६० केजीमा अनुराधा लामा पहिलो भए । संघका अनुसार ५१ र ६० केजीमा दोस्रो भएका माया चौधरी र दीपा क्षेत्रीलाई वैकल्पिकमा समावेश गरिएको छ । संघले 'क्लोज क्याम्प' मा राख्ने ८ पुरुष र ४ महिला खेलाडीबाट एसियन खेलकुदका लागि अन्तिम छनोट गर्नेछ ।

प्रकाशित मिति: २०६७ श्रावण १५ ०९:११

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।