प्रधानमन्त्रीलाई नेपाल घुमाउँछुः बेलायती रक्षामन्त्री

(1 Vote)
कान्तिपुर संवाददाता

लन्डन , श्रावण १५ - बेलायती रक्षामन्त्री एन्ड्रयु रोवाथनले आफ्ना प्रधानमन्त्रीलाई छिट्टै नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । यतिखेर बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसहित विभिन्न मन्त्री र उद्योगी सम्मिलित जम्बो टोली छिमेकी मुलुक भारत भ्रमणमा छ ।

बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेसँगको भेटमा रक्षामन्त्री रोवाथनले यस्तो बताएका हुन् । रक्षा मन्त्रालय, ह्वाइटहलमा भएको भेटमा नेपाली राजदूत चालिसेले सन् १८१६ मा बेलायत-नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएयता एउटै बेलायती प्रधानमन्त्री नेपाल नगएको उल्लेख गरेका थिए ।

प्रतिउत्तरमा बेलायती रक्षामन्त्रीले अचम्म मानेको उद्धृत गर्दै चालिसेले भने, 'हामी हाम्रा प्रधानमन्त्रीको छिट्टै नेपाल भ्रमण गराउन पहल गर्नेछौं भनेका छन् । रक्षामन्त्री आफूले पनि छिट्टै नेपाल आएर गोर्खा भर्ती केन्द्रहरूको भ्रमण गर्ने इच्छा व्यक्त गरे ।'

 

प्रकाशित मिति: २०६७ श्रावण १५ १२:१६

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।