काँग्रेस जनकपुर नगर सभापतिमा झा निर्वाचित
जनकपुर, श्रावण १४ - नेपाली काँग्रेसको जनकपुर नगर सभापतिमा धीरेन्द्रमोहन झा चयन भएका छन् । बिहीबार राति सम्पन्न १२औं अधिवेशनमा उनी निर्वाचित भएका हुन् ।
उनले आफ्ना एकमात्र प्रतिद्वन्दी श्यामप्रसाद साहलाई १ सय ३ मतको अन्तरले हराएका थिए । अन्यपदाधिकारीको चयन भने निर्विरोध भएको थियो ।
काग्रेस महामन्त्री विमलेन्द्र निधी पक्षधर भनिएका नवनियुक्त नगर सभापति झा काग्रेसका यसैगरी सचिबमा मनोज कुमार साह तथा कोषाध्यक्षमा सम्झना बर्मा निर्विरोध निर्वाचित भएका छन् भन्ने सदस्यहरुमा शत्रुध्न श्रेष्ठ , रामदयाल पूर्वे , मोहन कुमार ठाकुर , हरिप्रसाद राउत , राकेश कुमार ठाकुर , रामनरेश सिंह , रामाशिष साह र दिनेश साह रहेका छन् । क्षेत्रीय प्रतिनिधिहरुमध्ये दलितबाट रामवरण पासवान , रामदेब महरा र रामबिलास धनकार डोम चयन भएका छन. भन्ने आदिवासी जनजातिबाट सुशील कुमार मण्डल , निलम कुमारी मण्डल र जैसी मुश्लिम चयन भएका हुन् । मधेसी ,मुश्लिम र अल्पसंख्यक मध्येबाट नसिब कवारी , मोहम्मद अब्बर र ताहिर नदाफ क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । गत वुधवार नेका महामन्त्री निधीले बाह्रौ नगर अधिवेशनको उद्घाटन गरेका थिए ।
प्रकाशित मिति: २०६७ भाद्र २१ ०८:२१











तपाईंको प्रतिकृया