मुलुक 'गोलचक्कर'मा फँस्ने स्थितिमाः दाहाल

(1 Vote)
कान्तिपुर संवाददाता

१२

काठमाडौं, श्रावण १३ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरुको असहमतिले मुलुक 'गोलचक्कर'मा फँस्ने स्थितिमा पुगेको बताएका छन् ।

माओवादी निकट अखिल नेपाल लेखक संघले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले 'गोलचक्कर'मा फँस्ने स्थितिमा रहेको मुलुकलाई साहित्यले चेतना दिन सक्ने उल्लेख गरे । 'यहि बेला मुलुक झण्डै-झण्डै गोलचक्करमा फँस्ने स्थितिमा छ,' दाहालले भने ।

दाहालले संक्रमणकालीन अवस्थामा रहेको मुलुकलाई निकास दिन राजनीतिक दलहरुले नसकेकोमा चिन्ता व्यक्त गरे । उनले मधेसी दलहरुले पूरा नहुने माग राखेर तथा एमालेले तटस्थमा बस्ने निर्णय गरेकाले संक्रमणकाल झनै लम्बिएको टिप्पणी गरे ।

 

प्रकाशित मिति: २०६७ श्रावण १३ ०७:२२

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।