रक्षा मन्त्री भण्डारीलाई कारबाही गर्न एमाले नेताहरुको माग

(2 Votes)
भद्र शर्मा

२५

काठमाडौं, श्रावण १३ - एमाले उपाध्यक्ष तथा रक्षा मन्त्री विद्या भण्डारीलाई पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै ललितपुरका एमाले निकट युवा विद्यार्थीहरुले अनुशासनको कारबाही गर्न माग गरेका छन् ।

युवा संघका केन्द्रीय सदस्य सरस्वती केसी, एमाले जिल्ला कमिटी ललितपुरका सदस्य उमेश शर्मा बजगाईं, युवा नेता स्वयम्भूराज डंगोल, ललितपुर युवा संघ ईञ्चार्ज रामसिंह महर्जन, दिलेन्द्र मुल्मीलगायतले भण्डारीमाथि अनुशासनको कारबाही माग गरेका हुन् ।  उनीहरुले एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरालाई निवेदन लेखेर अनुशासनको कारबाही माग गरेका हुन् । 'पार्टीको उपाध्यक्षजस्तो गरिमामय पदमा रहेको व्यक्तिले पार्टीको नीतिविपरीत अभिव्यक्ति दिएकाले अनुशासनको कारबाही माग गरेका हौं,' डंगोलले बिहीबार ईकान्तिपुरलाई भने ।

रक्षा मन्त्री भण्डारीले हालै एक साप्ताहिक पत्रिकालाई दिएको अन्तरवार्तामा 'पार्टीले अब कांग्रेसलाई समर्थन गर्नुपर्ने'  अभिव्यक्ति दिएकी थिइन् । माधव नेपाललाई प्रस्ताव गरी समर्थन गरेकाले अबको सत्ता सहयात्रा कांग्रेससँग नै गरेर जानु उत्तम बाटो भएको भण्डारीको भनाइ थियो ।

एमालेले कुनै पनि दलको दुई तिहाइ नपुगेसम्म समर्थन नगरी तटस्थ बस्ने निर्णय गरेको थियो । दुई तिहाइको नजिक पुगे पनि केन्द्रीय कमिटीको निर्णय कार्यान्वयन गर्न एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री उम्मेदवारी फिर्ता लिएका थिए ।

 

 

प्रकाशित मिति: २०६७ श्रावण १३ ०५:५४

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।