भट्टराईद्वारा सहमतीय सरकार बनाउन जोड

(2 Votes)
कान्तिपुर संवाददाता

काठमाडौं, श्रावण १३ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले बहुमतीय सरकार बनाउनुभन्दा सहमतीय सरकार बनाउन जोड दिनुपर्ने बताएका छन् ।

नेपालस्थित संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन प्रमुख करिन लनग्रेनसंग आफ्नै निवास शान्तिनगरमा बिहीबार भएको भेटमा उनले शान्ति र संविधानका निश्कर्षमा पुर्‍याउन सहमतीय सरकार आवश्यक भएको बताएका हुन् । "बहुमतीय सरकार कमजोर हुनसक्ने र त्यसले शान्ति प्रकृयामै बाधा पुराउने भएकाले राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्न अनुरोध गर्नुभयो" लानग्रेनको भनाइ उद्धृत गर्दै सहयोगी बिश्वदीप पाण्डेले जानकारी दिए ।

लनग्रेनले पनि दलहरुले सकभर  शान्ति र संविधान निश्कर्षमा पुर्‍याउन सहमतिको सरकार बनाउनु उपयुक्त हुन बताएकी थिइन् ।  भट्टराई र लानग्रेनबीच सेना समायोजन प्रक्रियाका बिषयमा पनि छलफल भएको थियो । अनमिनको समयावधी नसकिँदै सेना सयायोजन प्रक्रिया अघि बढाउन उनले आग्रह गरेकी थिइन् । भट्टराईले शान्ति प्रक्रिया निश्कर्षमा नपुग्दासम्म अन्मिनको समयावधी थप्नु पर्ने पक्षमा रहेको बताएका थिए ।

 

प्रकाशित मिति: २०६७ श्रावण १३ ०४:२७

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।