अमेरिकी राजदूतको सक्रियता बढ्यो

(1 Vote)
कान्तिपुर संवाददाता

काठमाडौं, श्रावण १३ - सरकार बनाउने गृहकार्य भइरहेका बेला अमेरिकी राजदूत स्कट एच डेलिसीले भेटघाट तीब्र पारेका छन् । उनले बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग छुट्टाछुट्टै भेट गरे ।

पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा माओवादी अध्यक्ष दाहालसँग भएको छलफल सरकार निर्माणमा केन्द्रित रहेको माओवादीले जनाएको छ । भेटमा प्रधानमन्त्री चयनमा दलहरुको मतभेद, माओवादीलाई अमेरिकाले हेर्ने दृष्टिकोणलगायतका बिषयमा छलफल भएको बताइएको छ ।

यसैगरी राजदूत डेलिसीले बिहीबार नै उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसँग भेट गरे । भेटमा राजदूत डेलिसीले राजनीतिक गतिरोध अन्त्यका विषयमा जिज्ञासा राखेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार कृष्ण पोखरेलले जानकारी दिए ।

करिब एक घन्टा चलेको सो भेटमा गच्छदारले मुलुकलाई राजनीतिक शून्यताबाट निकास दिन आफ्नो दलसमेत सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रयास जारी राखेको बताएका थिए ।

अमेरिकी राजदूत डेलिसीले मंगलबार एमाले अध्यक्ष झलनाथ खनाल तथा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलसँग भेट गरेका थिए ।

 

प्रकाशित मिति: २०६७ श्रावण १३ ०४:२२

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।