नेम्वाङले राष्ट्रपति भेटे

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौं, श्रावण १० - संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सोमबार राष्ट्रपति रामवरण यादवसँग भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीलत निवासमा भएको भेटमा प्रधानमन्त्री चुनाव लम्बिरहँदा संविधान लेखनमा भएको ढिलाइलगायतका बिषयमा छलफल भएको बुझिएको छ ।

भेटपछि सभाध्यक्ष नेम्वाङले संविधानसभा नियमावली संसोधनबारे औपचारिक छलफल नभएको बताउँदै नियमावली संसोधन गर्न नमिल्ने बताए । 'औपचारिकरुपमा नियमावली संसोधन गर्ने कुरा आएको छैन,' उनले भने, 'मैले पनि सार्वजनिकरुपमा निर्क चर्चा र छलफल भएको सुनेकोमात्र हो ।' 

 

प्रकाशित मिति: २०६७ श्रावण १० ०४:१६

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।