सुडानमा जनमत संग्रहको सुरक्षा तयारीमा नेपाली प्रहरी

(3 Votes)
कान्तिपुर संवाददाता

२१

सुडान प्रहरीलाई तालिम दिंदै सशस्त्र प्रहरी निरीक्षक पुरनचन्द्र भट्ट । फोटा सौजन्यःपुरनचन्द्र

काठमाडौ, अषाढ ७ - नेपालका सशस्त्र र जनपथ प्रहरी सुडानमा शान्ति स्थापानार्थ विशेष भूमिका खेलिरहेका छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् अन्तर्गत शान्ति स्थापानार्थ त्यहाँ तीन जना महिला सहित ४५ जना नेपाली प्रहरी अधिकारी खटिएका छन् ।

दुई दशक लामो गृह युद्धले झण्डै १९ लाख मानिसको ज्यान गएपछि सन् २००५ को जनवरी १ मा सुडान पिपल्स लिबरेसन मोमेन्ट र सुडान सरकारबीच विस्तृत शान्ति सम्झौता भएको थियो ।

सन २०११ को जनवरीमा दक्षिणी सुडान छुट्टै देश हुने की मिलेर बस्ने बारे जनमत संग्रह हुँदैछ । नेपाली प्रहरी अधिकारीले सुडानका स्थानीय प्रहरीलाई जनमतसंग्रहका लागि सुरक्षा तालिम दिइरहेका छन् ।

नेपाली प्रहरीले त्यहाँ जर्जर रहेको प्रहरी संरचनालाई सक्षम बनाउन तालिम र विभिन्न क्षमता अभिवृद्धिको कार्य गर्दै आएको छ । ध्वस्त भौतिक संरचनाहरुको पुनःनिर्माण आदि कार्यमा उनीहरु जुटेका छन् ।

त्यहाँ संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् मातहतमा विभिन्न ३६ वटा देशका ७ सय १५ जना प्रहरी अधिकारी परिचालित छन् । त्यहाँ सबैभन्दा बढी भारतले र त्यसपछि नेपालले आफ्नो प्रहरी पठाएको छ ।

 

 

 

 

प्रकाशित मिति: २०६७ अषाढ ७ ०१:११

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।