निर्धारित समयभित्र संविधान जारी गर्न राष्ट्रपतिको जोड
सहयोगी लिङ्कहरू
ललितपुर, अषाढ २६ - राष्ट्रपति डा. रामवरण यादवले निर्धारित समयभित्र संविधान जारी हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल स्काउटको ५८ औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित राष्ट्रिय स्काउट क्याम्पको उद्घाटन गर्दै राष्ट्रपतिले सङ्क्रमणकाल लम्याउन नहुने बताएका हुन् ।
स्काउटले अङ्गिकार गरेको शान्ति र एकताको नारा वर्तमान अवस्थमा सान्दर्भिक रहेको उल्लेख गर्दै राष्ट्रपतिले आपसी एकता, भाइचारा राष्ट्रिय अखण्डता जोगाउनु सङ्क्रमणकालमा अति महत्वपूर्ण हुने पनि बताए ।
नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछानेले युवा स्काउटरबीच भ्रातृत्व कायम गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको बताए ।
तीन दिनसम्म सञ्चालन हुने क्याम्पमा ४५ जिल्लाका ६०० जनाको सहभागिता छ । देशका ६३ जिल्लामा स्काउट गतिविधि सञ्चालन भइरहेका छन् । रासस
प्रकाशित मिति: २०६७ अषाढ २६ ०६:४३
















तपाईंको प्रतिकृया