गाविस सचिवलाई राजीनामाको धम्की
सहयोगी लिङ्कहरू
तेह्रथुम, अषाढ १७ - संयुक्त जातिय मुक्ति मोर्चा नेपाल नामक भूमिगत संगठनले तेह्रथुमका सम्पूर्ण गाविस सचिवलाई तत्काल राजीनामा नदिए कारवाही गर्ने चेतावनी दिएको छ । मोर्चाले गाविस सचिव हकहित संरक्ष्ाण केन्द्रलाई पत्र लेखी यस्तो चेतावनी दिएको हो । मोर्चाको धम्कीपुर्ण पत्र पाए लगत्तै वसेको सचिवहरुको बैठकले सुरक्षाको कारण देखाउँदै सामुहिक राजीनामा दिने निणर्य गरेको छ ।
मोर्चाका महासचिव मुक्तिदाताको नाममा हस्ताक्षरित धम्कीपुर्ण पत्रमा गाविस सचिवहरुलाई फिर्ता गराई आफ्नो जनसरकार गठन गर्ने उल्लेख छ । जनप्रतिनिधि विहिन अवस्थामा रहेको गाविसमा नगई सचिवहरुले सदरमुकाममा वसेर व्यापक भ्रष्टचार गरीरहेको आरोप पत्रमा लगाईएको छ । मोर्चाले सामुहिक राजीनामाको सौहार्द्रपुर्ण आग्रहलाई वेवास्ता गरे जस्तोसुकै कारवाहीको चेतावनी समेत दिएको छ ।
केन्द्रको आकस्मीक रुपमा वसेको वैठकले गाविस सचिवहरुलाई डर, त्रास र भए सृजना गरेर काम गर्न नदिएको प्रति घोर भत्र्सना गर्दै सामुहिक राजीनामा दिने निर्णय गरेको केन्द्रका सचिव विष्णु अधिकारीले बताए । जीवन नै असुरक्ष्ाित हुने अवस्था आएको र काम गर्ने वातावरण नभएकाले वाध्य भएर सवै सचिवहरुले सामुहिक राजीनामा दिने निर्णय गरेको सचिव अधिकारीले बताए ।
प्रकाशित मिति: २०६७ अषाढ १७ ०९:५२
















तपाईंको प्रतिकृया