ट्रिनिटी सेमिफाइनलमा

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, अषाढ १७ - प्रथम नोबेल कप यू-१९ राष्ट्रिय थ्री अन थ्री बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बुधबार जित हात पार्दै टि्रनिटीको 'बी' र 'सी' दुवै टिम सेमिफाइनल प्रवेश गरेका छन् । उक्त दुई टिमसँगै मोर्गन र भीएस निकेतन 'बी' ले पनि सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा टि्रनिटी 'बी' ले प्रायोजक नोबेल एकेडेमीको चुनौती ३२-२९ ले समाप्त पार्‍यो । उता टि्रनिटी 'सी' ले युनिकको यात्रा ३३-२५ ले पूर्णविराम लगायो । टि्रनिटी 'सी' ले जितका लागि निर्धारित समयसम्म खेल्नुपरेन । टि्रनिटी 'सी' ले पहिलोमा २१-१३ स्कोर गर्‍यो । दोस्रो क्वाटर १२-१२ को बराबरी स्थितिमा रहेका बेला टि्रनिटी 'सी' को ३३ अंक पुगिसकेकाले टि्रनिटी विजयी घोषित भयो । विजेताका विशाल तामाङले १८ स्कोर योगदान दिए । मोर्गनले भीएस निकेतन 'ए' लाई ३३-२० ले पन्छायो । मोर्गनका सुजन पुनले २६ स्कोर गरे ।

भीएस निकेतन 'बी' ले जेभियर इन्टरनेसनललाई ३३-२५ ले पराजित गर्‍यो । सेमिफाइनलमा टि्रनिटी 'बी' को भेट मोर्गनसँग हुनेछ भने टि्रनिटी 'सी' ले भीएस निकेतन 'बी' सँग खेल्नेछ ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ ह्वाइटहाउस (खुमलटार), ह्वाइटहाउस (बानेश्वर), नासा 'ए' र मोर्गनले सेमिफाइनल यात्रा तय गरे ।

ह्वाइटहाउस (खुमलटार) ले न्यु समिटलाई ३१-१५ ले निराश पार्‍यो ।  ह्वाइटहाउस (बानेश्वर) ले नागर्सलाई २९-२५ ले पाखा लगायो । नासा 'ए' ले जेभियर इन्टरनेसनललाई ३३-२६ ले हरायो । पहिलो क्वाटरको प्रदर्शनबाट नै नासा 'ए' को जित सम्भव भयो । त्यस्तै मोर्गनले नासा 'बी' लाई २८-२० ले पराजित गर्‍यो ।

प्रकाशित मिति: २०६७ अषाढ १७ ०९:१५

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।