सिद्धार्थ राजमार्ग अवरुद्ध

(0 Votes)
माधब अर्याल

पाल्पा, अषाढ १७ - बुधबाररातिदेखि परेको अविरल वर्षासंगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन-वुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

अविरल वर्षाले दोभान, ५ सिद्धवावामा पहिरो खसेको छ । यस्तै हिउदेखोला, गौडेपुल, जरेपिपल लगायतका स्थानमा समेत पहिरो खसेको छ । पानी परीरहेकोले पहिरोसफा गर्न समस्या भएको प्रहरी चौकी दोभानका ट्राफिक विष्णु प्रसाद श्रेष्ठले बताए । उनकाअनुसार पानी परेपछि दोभानदेखि वुटवल खण्डमा चालकहरुले सवारी चलाउदैनन् । वाटोमा ढुंगा खस्ने डरले सवारीलाई वुटवलतर्फका गोलपार्कमै र पाल्पातर्फवाट गएका दोभानमै रोकिने गरेको उनले बताए ।  

सडक अवरुद्ध भएपछि पाल्पा, गुल्मी, पोखरावाट बुटवलजाने सवारीहरु दोभानमै रोकिएका छन् । वुटवलतर्फवाट पाल्पा हुंदै गुल्मी, अर्घाखांची, स्यांङ्गजा, पोखरा लगायतका जिल्लामा जाने सवारी साधनहरु बुटवल गोलपार्कमा रोकीएका छन् ।

सिद्धवावा छेउछाउंमा सवारी  रोक्दा माथिवाट ढुंगा खस्ने डर हुन्छ । गतवर्ष पटक पटक पहिरो खसेको स्थान तल्लो सिद्धवावा चिडियाखोलामा पहिरो खस्न सुरु भएको प्रहरीले वताएको छ । प्रहरीले डोजर लगाएर बाटो खुलाउने प्रयास गरेको तर, वर्षा नरोकिएकोले समस्या आएको बताएको छ ।

रातिदेखि परेको वर्षाले पाल्पाका किसानलाई भने राहत दिएको छ । योवर्षकै ठुलो र लामोसमयसम्म पानी परेको किसानहरु बताउछन् ।  पानी विहानसम्म रोकिएकोछैन । पानी नपरेपछि पाल्पाको अन्नभण्डार माडीफांटमा समेत रोपाई हुन सकेको थिएन ।

अविरल वर्षासंगै जिल्लाका ग्रामिण भेगका कच्ची सडक समेत अवरुद्ध भएका छन् । आर्यभन्ज्याङ्ग-रामपुर, हार्थोक-छहरा, तानसेन-दर्लम, बांसटारी-झडेवा लगायतका सडकमा वर्षाले ठाउ ठाउमा पहिरो खस्ने र हिलो भएकोले सवारी चल्न नसकेका हुन् ।  

 

प्रकाशित मिति: २०६७ अषाढ १७ ०९:१२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।