नेप्से सामान्य बढ्यो

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, अषाढ १७ -  नेपाल स्टक एक्सचेन्ज परिसूचक दिनभरको उतारचढावपछि बुधबार ० दशमलव २७ अंकले बढेको छ । चार दिनको गिरावटपछि देखिएको यो वृद्धिपछि परिसूचक ४ सय ५५ दशमलव ७५ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीका साथै साधारण सेयरको पनि कारोबारमा वृद्धि आएको छ । सेन्सेटिभ इन्डेक्स ० दशमलव १४ र फ्लोट ० दशमलव ०४ अंकले बढेका छन् ।

चार समूहको कारोबारमा सुधार आएको छ । वाणिज्य बैंक दशमलव ६२, होटल ३ दशमलव ४८, विकास बैंक ० दशमलव ०८ र जलविद्युत् ० दशमलव ९५ अंकले बढेका छन् । वित्त र बिमा समूह भने घटेका छन् । वित्त १ दशमलव ४५ र बिमा १ दशमलव २६ अंकले घटेका हुन् ।

क्रिस्टल फाइनान्स, काष्ठमाण्डप विकास बैंक, युनाइटेड इन्स्योरेन्स कम्पनी, बिजनेस डेभलपमेन्ट बैंक र रोयल मर्चेन्ट बैंक एन्ड फाइनान्सका सेयरधनीले धेरै कमाएका छन् । गुमाउनेमा सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट, वीरगन्ज फाइनान्स, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, पाथिभरा विकास बैंक र अरुण भ्याली हाइड्रोपावरका सेयरधनी छन् । दिनभर २ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै रकमको कारोबार एसियन लाइफ इन्स्योरेन्सले गरेको छ ।

 

प्रकाशित मिति: २०६७ अषाढ १७ ०९:०४

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।