महासंघलाई चौधरीको जवाफ
एसिसिएलाई इन्टरमिडियटको मान्यता
सहयोगी लिङ्कहरू
काठमाडौ, अषाढ १७ - बेलायतको पाठ्यक्रमअन्तर्गत लेखापरीक्षण सम्बन्धी विश्वव्यापी रूपमा अध्यापन हुने व्यावसायिक शिक्षा एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसिसिए) ले नेपालमा इन्टरमिडियटसरहको मान्यता पाउने भएको छ ।
लेखापरीक्षणको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले एसिसिए उत्तीर्णलाई यहाँको मध्यमस्तरीय लेखापरीक्षकको प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको हो । अब एसिसिए गरेकाहरूले आइक्यानअन्तर्गत फाइनलमा ६ विषयको परीक्षा दिएर उत्तीर्ण गरे सिएको प्रमाणपत्र पाउनेछन् । 'एसिसिएलाई फाइनलको दुई विषय छुट दिने निर्णय गरेका छौं,' आइक्यान अध्यक्ष सुवोध कर्णले भने, 'यहाँको आयकर ऐन र व्यावसायिक कानुनलगायत ६ विषय भने
पढ्नैपर्छ ।' आइक्यानले एसिसिएले यहाँका फाइनल विद्यार्थीजस्तै तीनवर्षे फिल्डमै काम (आर्टिकलसिप) गर्नैपर्ने व्यवस्थासमेत गरेको छ । बेलायतअन्तर्गत विश्वका १ सय ७० मुलुकमा अध्यापन हुने यो विषयमा चार लाखले प्रमाणपत्र पाएका छन् । नेपालमा पनि झन्डै ५ सय एसिसिए छन् । उनीहरूले आइक्यानबाट लेखापरीक्षक प्रमाणपत्रको माग गर्दै आएका थिए ।
प्रकाशित मिति: २०६७ अषाढ १७ ०९:०३
















तपाईंको प्रतिकृया