सहमतिका लागि छलफल अघि बढाउँछौं : दाहाल

(2 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, अषाढ १६ -

प्रधानमन्त्रीले राजीनामा दिनुभयो, अब माओवादीले के गर्छ ?

यो राजीनामा पहिल्यै आउनुपर्ने थियो, ढिलै भए पनि आएको छ । यसलाई हामी सकारात्मक रूपमा लिन्छौं । तर प्रधानमन्त्रीको सम्बोधनको विषयवस्तु सकारात्मक लागेको छैन । हामी पार्टीको बैठक गरी के गर्ने विषयमा निर्णय गर्छौ ।

के विषय सकारात्मक छैनन् भन्न खोज्नुभएको हो ?

प्रधानमन्त्रीले माओवादीकै कारण शान्ति र संविधानले गति लिन नसकेको आरोप लगाउनुभएको छ । त्यो यथार्थ होइन । शान्ति र संविधानले गति लिन नसक्नुमा यो सरकार मुख्य जिम्मेवार हो । माओवादीलाई आरोप लगाउनु आपत्तिजनक छ ।

सहमतिका लागि माओवादीले अब के गर्छ ?

हामीले एक वर्षेखि सहमतिको प्रयास गरेका छौं । अब पनि सबै दलसूग कुरा गरी राष्ट्रिय सहमतिको पहल अघि बढाउँर्र्छौं । यस विषयमा बिहीबार बैठक गरी संस्थागत निर्णय गर्र्छौं ।

प्रकाशित मिति: २०६७ अषाढ १६ १०:१३

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।