एमाले अध्यक्ष खनाल अस्वस्थ/हृदयरोग केन्द्रमा भर्ना

(4 Votes)
अतुल मिश्र

काठमाडौं, अषाढ १६ - एमाले अध्यक्ष झलनाथ खनाललाई छातिमा असजिलो महसुस भएपछि बुधबार साँझ ७ बजे शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।

उनलाई एक्कासी छातिमा पीडा हुनुका साथै सास फेर्न गाह्रो भएपछि केन्द्रमा भर्ना गरिएको हो । केन्द्रका निर्देशक डा. अरुण मास्केले खनालको एञ्जियोग्राम परिक्षणमा सामान्य देखिएको उल्लेख गरे । 'बिहीबार बिहान डिस्चार्ज गरिने छ' उनले भने ।

स्रोतका अनुसार उनको इसीजीमा व्यापक परिवर्तन देखिएको भएपनि एञ्जियोग्राममा भने खासै समस्या नभएको देखिएको हो । उनको रक्तनलीमा प्लाष्टिक राख्नु पर्ने गरी अवरोध नभएका परीक्षणमा देखिएको थियो ।

स्रोतले उनको रक्तनलीमा १० देखि २० प्रतिशत सम्ममात्र अवरोध देखिएको उल्लेख गरे ।

 

 

प्रकाशित मिति: २०६७ अषाढ १६ ०९:१४

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।