डिभिजन कार्यालयमा तालाबन्दी
सहयोगी लिङ्कहरू
जनकपुर, अषाढ १६ - आर्थिक पारदर्शिताको मांग गर्दै तालाबन्दी गरिएको सडक डिभिजन कार्यालयको ताला फुटालेको एक साता नबित्दै वुधबार जनकपुरस्थित जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय-२ मा पुनः तालाबन्दी गरिएको छ ।
निर्माण व्यावसायीहरुले चालू आर्थिक वर्षमा गरेको काम वापतको झण्डै ४०करोड भुक्तानी अविलम्ब गर्नु पर्ने मांग राख्दै डिविजन कार्यालयमा तालाबन्दी गरेका हुन् ।
निर्माण व्यावसायी संघ,धनुषाका अध्यक्ष अरुणकुमार साहले आर्थिक वर्ष समाप्त हुन दुई सातामात्र बाँकी रहेको अवस्थामा पनि निर्माण व्यावसायीहरुको भुक्तानी नहुनुलाई दुर्भाग्यपूर्ण भनेका छन् ।
झण्डै डेढ दर्जन निर्माण व्यावसायीको करीव चालिस करोड भुक्तानी बाँकी रहेको संघ सम्बद्ध हीरा भगतले बताए । निर्माण व्यावसायी संघले आर्थिक वर्षभित्रमा भुक्तानी नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
कमला नदी नियन्त्रण योजना अन्तर्गत करीव चालिस करोड मूल्य बराबरको कार्य सम्पन्न भई सकेपनि रनिङ बील समेत उपलब्ध नगराएको आरोप डिभिजन ईन्जिनियर रत्नेश्वर लाल कर्णमाथि लगाएको छ ।
संघका अध्यक्ष साहका अनुसार-डिई कर्ण भुक्तानीको लागी गत चार महिनादेखि आलटाल गर्दै आएका छन् ।
साहले आधा अधिक निर्माण व्यावसायीहरुले आफ्नो काम पूरा गरि सकेका तथा बाँकीका ठेकेदारहरुले पनि ५०देखि ९९प्रतिशतसम्म काम पूरा गरी सके पनि भुक्तानी नपाएको बताए ।
भारत सरकारको सहयोगमा निर्माण भई रहेको ४५किलोमीटर लामो कमला तटवन्ध निर्माण योजना अन्तर्गत चालु आर्थिक वर्षमा पूर्वी धनुषाको हरिने ठेढाबाट मल्हनिया-ईनर्वा)सम्मको तटवन्ध निर्माण कार्य जारी छ । यस कार्यमा १५जना निर्माण व्यावसायी संलग्न छन् । उनिहरुको करीव चालिस करोड रुपियाँ बाँकी रहेको दावी निर्माण व्यावसायीहरुको छ ।
धनुषा र सिरहाको मध्यबाट बग्ने कमला नदीमा आउने बाढीबाट नेपालका दुई जिल्लाका साथै सीमावर्ती भारतीय क्षेत्रहरु पनि डुवान र कटानमा पर्दै आएका छन । नेपाल सरकारको आग्रहमा भारतले १अव्र १०करोडको लागतमा ४५किलोमीटर लामो कमला तटवन्ध निर्माण थालेको छ । चुरेको फेदमा रहेको चारनाथ खोलादेखि भारतको सीमामा पर्ने ईनरुवासम्म छटवन्ध निर्माण हुदैछ । योजनाको यो तेश्रो वर्ष हो ।
प्राप्त जानकारी अनुसार-भारत सरकारले समयमै वजेट उपलब्ध गराई सके पनि योजना आयोगमा यो फाईल लम्बित रहेकोले निर्माण व्यावसायीहरुले भुक्तानी पाउँन सकेका छैन । डिई रत्नेश्वर लाल कर्ण वजेट रिलिज गराउँन हाल काठमाण्डौमै रहेको एक निर्माण व्यावसायीले नै बताए । डिई कर्णको मोवाईल स्वीचअफ रहेकोले उनीसंग सम्पर्क हुन सके
प्रकाशित मिति: २०६७ अषाढ १६ ०८:५४
















तपाईंको प्रतिकृया