सभासदहरुको टोलीमाथी आक्रमणको प्रयास
स्थानिय प्रसासनले सुरक्षा नदिएको आरोप
सहयोगी लिङ्कहरू
इनरुवा, अषाढ १६ - वन फडानीको अनुगमनका लागि सुनसरी पुगेको ब्यबस्थापीका संसदको प्राकृतिक स्रोत साधन समितीको सभासदहरुको टोलीमाथी बुधबार सुनसरीमा आक्रमणको प्रयास भएको छ ।
समितीका सभापति शान्ता चौधरीको नेतृत्वमा रहेको सातजना सभासदहरुको टोली चढेको गाडीलाइ लक्षित गरि सुनसरीको बराहक्षेत्र नजिक आक्रमणको प्रयास भएको हो । टोलीमा सामेल सभासद नन्दनकुमार दतका अनुसार सभासदहरुको टोली वराहक्षेत्र भन्दा एक किलोमिटर दक्षिण वराहकुट सामुदायिक वन नजिक पुग्दा गाडीलाइ लक्षित डाडावाट ठुला ठुला ढुंगाहरु खसालिएको थियो ।
हाम्रो गाडीलाइ लक्षित गरि ढुंगा बर्साउन थालिएपछि हतारमा हामी सो ठाउवाट फर्कियौ सभासद दतले भन्नुभयो । समिती सभापति चौधरीले तस्कर र वन माफियाहरुले आक्रमणको प्रयास गरेको हुनसक्ने बताउनुभयो । चौधरीले स्थानिय प्रसासनसित पटक पटक सुरक्षा माग गर्दा पनि टोलीसित सुरक्षा नपठाएकोले सभासदहरुको ज्यान जोखिममा परेको बताउनुभयो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपालियाले सभासदहरुले समयमै सुरक्षा नमागेको बताए । आक्रमणको प्रयास भएपछि सुनसरीको बराहक्षेत्र सम्म अनुगमनमा पुग्न नसकेको टोली सदरमुकाम इनरुवा पुगेर आयोजना गरेको अन्तरक्रियामा मुलुकका ब्यापक माात्रामा बन फडानी भएको बताएका थिए ।
प्रकाशित मिति: २०६७ अषाढ १६ ०८:४९
















तपाईंको प्रतिकृया