सामूहिक राजिनामा दिने निर्णय

(0 Votes)
प्रकाश बराल

बागलुङ, अषाढ १६ - संयुक्त जातीय मुक्ती मोर्चा नेपालको धम्कीपछि बागलुङका गाविस सचिवहरुले संयुक्त रुपमा राजिनामा दिने निर्णय गरेका छन् । बुधवार दिउसो आएको पत्रपछि गाविस सचिव हक हित संरक्षण केन्द्र बागलुङको आकस्मिक बैठकले संयुक्त रुपमा राजिनामा दिने निर्णय गरेको हो ।

कार्यालय समय पछि मात्र पत्र प्राप्त भइ बैठक बसेकोले विहिवार विहान कार्यालय समयमा राजिनामा दिने केन्द्रका अध्यक्ष टुकनाथ शर्माले बताए । मोर्चाले गाविस सचिवहरुले संविधान सभा तुहाइ पुरानो संविधान व्युताउने दुश्प्रयास गरेको, बाहुनवादी राज्य सत्ता स्थापनामा सहयोग गरेको, गाविस सचिव भएर जिल्लामै बसेर व्यापक भ्रष्ट्राचार गरेको लगायतका आरोप लगाएको छ ।

तत्काल व्यक्तिगत वा सामुहिक राजिनामा नदिए जुनसुकै समयमा जस्तो सुकै कारवाही गर्न सकिने पत्रमा धम्की दिइएको छ । हुलाक बाट आएको उक्त उक्त पत्र पछि सचिवहरुले सुरक्षाको कारण देखाइ तत्काल राजिनामा दिने निर्णय गरेका हुन् । कार्यालय समय पछि भएकोले उनीहरुले स्थानीय विकास अधिकारी विष्णुबहादुर थापालाइ मौखिक जानकारी गराएका छन् । मोर्चाका महासचिव मुक्तीदाताको नाममा उक्त धम्कीपूर्ण पत्र आएको थियो ।

राजिनामा दिने निर्णय गरेको कुरा मलाइ जानकारी भयो, स्थानीय विकास अधिकारी थापाले भने,'सचिवको सुरक्षाका लागि सक्दो व्यवस्था गरिदिन प्रमुख जिल्ला अधिकारी लगायत सबै सुरक्षा निकायमा जानकारी दिइ सकेको छु ।' राजिनामा दिने निर्णय पछि केन्द्रका अध्यक्ष शर्माले सचिव भएर काम गर्दा गाउँमा सुरक्षाको अनुभूति गर्न नसकेको टिप्पणी गरेका थिए । पत्रमा उल्लेख भए अनुसार हामीले कुनै पनि बाहुनबादी राज्यसत्ताका लागि पहल नगरेको तथा भ्रष्ट्रचार पनि नगरेको शर्माले बताए ।

 

प्रकाशित मिति: २०६७ अषाढ १६ ०८:४७

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।